images
images

बेहोस अवस्थामा फेला परी मृत्यु भएका पुरुष मेलुङ गाउँपालिकाको भएको पुष्टि

  • २० कार्तिक २०७९, आईतवार १८:३८

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा बेहोस अवस्थामा फेला परी मृत्यु भएका पुरुषको पहिचान खुलेको छ ।

भीमेश्वर नगरपालिका वडा नम्बर ३ स्थित चरिकोट–मन्थली सडकमा बेहोस अवस्थामा फेला परी मृत्यु भएका पुरुष मेलुङ गाउँपालिका भएको पुष्टि भएको हो । मृतक मेलुङ गाउँपालिका वडा नम्बर ६ का देवबहादुर तमाङको छोरा झनक बहादुर तमाङ रहेको पुष्टि भएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेश सिंग्देलले जानकारी दिनुभयो । तमाङ हिजो बेलुकी भीमेश्वर नगरपालिका वडा नम्बर ३ स्थित चरिकोट–मन्थली सडकमा बेहोस अवस्थामा फेला परेका थिए । बेहोस अवस्थामा फेला परेको खबर प्राप्त भएसँगै प्रहरी टोलीले उनलाई उपचारका लागि पशुपति चौलागाई स्मृति अस्पतालमा लगेको थियो । उनको अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । मृतक तमाङ भदौंदेखि सम्पर्कविहिन भएका थिए । मृतक पुरुषको शव पोष्टमार्टमपछि आफन्तजनले बुझेको प्रहरीले जनाएको छ ।