images
images

सरकारले प्राकृतिक विपदको पूर्वतयारीका लागि ७७ वटै जिल्लामा संरचना खडा गर्ने

  • २० कार्तिक २०८०, सोमबार १८:२२

काठमाडौं । सरकारले प्राकृतिक विपदको पूर्वतयारीका लागि ७७ वटै जिल्लामा संरचना खडा गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले ७७ जिल्लामै एक–एक वटा संरचना खडा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । भूकम्प मात्रै नभएर अन्य प्राकृतिक विपदका लागि पनि तयारी अवस्थामा रहन संरचना तयार गरिने उहाँको भनाई छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र नेताहरुको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।

भेटमा उहाँले गत शुक्रवार जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरुका लागि सबैभन्दा दुर्गम र गरिब भूकम्प पीडितहरुलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाइएको बताउनुभयो । भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोरप्रसाद अर्यालले सडक पहुँच नभएकालाई प्राथमिकतामा राख्न प्रधानमन्त्री समक्ष आग्रह गर्नुभएको थियो ।