काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको उम्मेदवारलाई जितको शुभकामना दिनुुभएको छ ।
अध्यक्ष प्रचण्डले माओवादीबाट गौरीशंकरको उपाध्यक्षको उम्मेदवारको रुपमा अघि सारिएकी निमलेकी शेर्पालाई जितको शुभकामना दिनुुभएको हो । उम्मेदवार शेर्पा सहित माओवादी केन्द्र दोलखाका नेताहरुसँग खुमलटारमा भएको भेटमा उहाँले जितका लागि अग्रिम शुभकामना दिनुुभयो । खुमलटारस्थित आफ्नै निवासमा भएको भेटमा अध्यक्ष प्रचण्डले निर्वाचनको अवस्था र पार्टीको तयारीको बारेमा जानकारी समेत लिनुभएको छ ।
माओवादीले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मार्वुकी निमलेकी शेर्पालाई उम्मेदवारको रुपमा अघि सारेको छ । माओवादी केन्द्रले उम्मेदवारको नाम टुंगो लगाएर प्रचार प्रसार अघि बढाएसँगै पार्टी अध्यक्ष प्रचण्डले आफ्नै निवासमा बोलाएर शुभकामना दिनुभएको हो ।
भेटमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला ईञ्चार्ज विशाल खड्का, गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की र माओवादी नेता छिरिङ शेर्पा लगाएतको उपस्थित रहेको थियो ।