काठमाडौँ । सामाजिक सञ्जाल टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ ।
सरकारले राखेको शर्तअनुसार सबै प्रक्रिया पुरा गरेर निवेदन दर्ता गरेपछि टिकटक नेपालमा दर्ता भएको हो । सरकारको सबै शर्त र नेपालको कानुनी व्यवस्था मान्न तयार भएपछि १९ भदौमा टिकटकमाथिको प्रतिवन्ध हटेको थियो । टिकटक नेपालमा दर्ता भएको तेस्रो सामाजिक सञ्जाल हो । टिकटकमार्फत हुने साईबर अपराध नियन्त्रणमा सहयोग पुु¥याउन समेत टिकटक तयार भएपछि नेपालमा औपचारिक रुपमा दर्ता भएको हो ।
सामाजिक सद्धभाव खल्बल्याएको भन्दै सरकारले २०८० सालको कात्तिक २७ गतेबाट टिकटक वन्द गरेको थियो । त्यसको करिव साँढे ९ महिनापछिको मन्त्रिपरिषको भदौ ६गतेको बैठकको निर्णय अनुसार सरकार र टिकटकबीच वार्ता भएपछि १९ भदौबाट नेपालमा टिकटकमाथिको प्रतिवन्ध हटेको थियो ।
टिकटक दर्ता भएसँगै सरकारले फेसबुक, ईन्स्टाग्राम, ह्वाट्सएप लगाएतका सामाजिक सञ्जालको कम्पनी मेटालाई पनि नेपालमा दर्ता हुन आह्वान गर्दै पत्राचार गरेको छ ।