अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित सुनिश्चित भएको छ ।
रिपव्लिकन पार्टीले राष्ट्रपति पदमा मात्र नभई तल्लो र माथिल्लो दुवै सदनमा बर्चश्व कायम गरेको हो । सात स्वीङ स्टेटमध्य फ्लोरिडा, नर्थ क्यारोलिना र पेन्सलभेनियामा जितेका ट्रम्प अन्य राज्यको मतगणनामा पनि ठुलो अन्तरले अगाडी छन् ।
यो सँगै ट्रम्प डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रो पटक राष्ट्रपति बन्ने पक्का भएको हो । ट्रम्प यसअघि सन् २०१६ मा पहिलोपटक राष्ट्रपति चयन भएका थिए । सन् २०२० को निर्वाचनमा पनि प्रतिस्पर्धा गरेका ट्रम्प डेमाक्रेटिक उम्मेदवारसँग पराजित भएका थिए ।
जित सुनिश्चित भएसँगै ट्रम्पले आफ्ना समर्थकलाई सम्बोधन गरेका छन् । फ्लोरिडास्थित चुनावी अभियानको मुख्यालयमा भेला भएका समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो कार्यकाल स्वर्णयुग हुने दावि गरेका छन् ।
एजेन्सीको सहयोगमा