images
images

अमेरिकामा दोहोरियो १३२ वर्ष पुरानो इतिहास, ट्रम्प फेरी फर्किए राष्ट्रपतिको कुर्सीमा

  • २१ कार्तिक २०८१, बुधबार १६:३३

अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् ।

अमेरिकामा १३२ वर्षपछि इतिहास उल्टाउँदै पूर्व राष्ट्रपति ट्रम्प एक कार्यकालको विश्रामपछि फेरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यद्धपी, निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी छ ।  सन् २०१६ मा पहिलो पटक राष्ट्रपति बनेका ट्रम्प सन् २०२० मा हारेर पनि अहिले सत्तामा फर्किन सफल भएका छन् । यद्यपि, निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी छ । जीतका लागि दुई सय ७० इलेक्टोरल मत आवश्यक पर्नेमा रिपब्लिकन उम्मेदवार ट्रम्पले दुई सय ७९ इलेक्टोरल मत ल्याएका छन् भने कमला ह्यारिसले दुई सय २३ मत प्राप्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति निर्वाचनको इतिहासमा एक पटक ग्याप राखेर फेरि एकै जना व्यक्ति अर्काे कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुने उनी दोस्रो व्यक्ति हुन् । ट्रम्पले यो जितलाई सबैभन्दा ठूलो राजनीतिक क्षण भनेका छन् ।

विजयपछि ट्रम्पले आफ्नो पहिलो भाषणमा देशका जनतालाई धन्यवाद दिँदै अब युद्ध नहुने बताएका छन् । उनले इजरायल र युक्रेनलाई संकेत गर्दै अब युद्ध नहुने बताएका हुन् ।