दोलखा । जिल्ला प्रशासन कार्यालय दोलखामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) हाजिर भएका छन् ।
गृह मन्त्रालयले सरुवा गरेको करिव दुई सातापछि सिडिओ शिवराम गेलाल दोलखा आएका हुन् । महोत्तरीको प्रमुख जिल्ला अधिकारी रहेका गेलाललाई गृह मन्त्रालयले कार्तिक पहिलो साता जिल्ला प्रशासन कार्यालय दोलखामा सरुवा गरेको थियो ।
यसअघि दोलखाका सिडिओ टुवराज पोखरेलको धनकुटामा सरुवा भएको थियो । पोखरेल कार्तिक १४ गते दोलखावाट बिदाई भएर धनकुटा गएका थिए । उनको स्थानमा नयाँ सिडिओ गेलाल आएका हुन् ।
दोलखाको गौरीशंकर गाउँपालिकामा मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुन गइरहेका बेला निर्वाचनको मुखमै नयाँ सिडिओ आएका हुन् ।