images
images

बागमती प्रदेशमा ४२ हजार मानिसमा डेङ्गु पुष्टि, २२ जनाको मृत्यु

  • २० मंसिर २०७९, मंगलवार ०८:१०

जिरी (दोलखा) । बागमती प्रदेशमा हालसम्म डेङ्गु बिरामीको संख्या ४२ हजार पुगेको छ ।

बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार साउनको दोस्रो सातादेखि हालसम्म डेङ्गुबाट सङ्क्रमितको संख्या ४२ हजार सात पुगेको हो । दोलखा जिल्लामा मात्रै एक सय चार जनामा डेङगु पुष्टि भएको छ । डेङ्गुबाट प्रभावित भएको प्रदेशको जिल्लामा सबैभन्दा बढी काठमाडौँ र सबैभन्दा कम रसुवा रहेको छ । काठमाडौँमा ११ हजार एक सय २७ डेङ्गुका बिरामी फेला परेका छन् भने रसुवामा ११ जना मात्रै डेङ्गुका सङ्क्रमित फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसैगरी, ललितपुरमा ९ हजार ६ सय तीन, मकवानपुरमा पाँच हजार आठ सय २२, भक्तपुरमा एक हजार एक सय २४, चितवनमा तीन हजार एक सय ५९, धादिङमा एक हजार ६ सय ४५, काभ्रेपलाञ्चोकमा पाँच सय ३६, रामेछापमा दुई सय ३४, सिन्धुपाल्चोकमा दुई सय ९, नुवाकोटमा, दुई सय ७३ र सिन्धुलीमा एक सय ७० जना डेङ्गु संक्रमित भएको निर्देशनालयको विवरणमा उल्लेख छ ।

बागमती प्रदेशमा हालसम्म डेङ्गु संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । जसअनुसार काठमाडौँका सात, सिन्धुली र रामेछापका तीन/तीन, ललितपुर, काभ्रे, मकवानपुर र चितवनका दुई/दुई र धादिङका एक जनाको मृत्यु भएको छ । डेङ्गु सङ्क्रमण लामखुट्टेको टोकाइबाट सर्ने रोग हो ।