images
images

दोलखाबाट समानुपातिकतर्फ एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी तेस्रो स्थानमा

  • २० मंसिर २०७९, मंगलवार ०८:३०

दोलखा । दोलखाबाट प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ नेकपा एमाले पहिलो बनेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो । प्रतिनिधिसभा समानुपातिकतर्फ ८४ हजार ७ सय १७ मतमध्ये ३ हजार ३ सय ७५ मत बदर भएको छ । सदर भएको कुल मतमध्ये नेकपा एमालेले ३० हजार ९ सय ८६ मत प्राप्त गर्दै पहिलो बनेको हो । नेपाली कांग्रेस २७ हजार ७ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ भने माओवादी केन्द्र ११ हजार ५ सय ८२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५ हजार ५ सय ६६, नेकपा एकिकृत समाजवादीले २ हजार ३ सय १ र राप्रपाले २ हजार ३३ मत पाएको छ ।

यसैगरी, प्रदेशसभाको समानुपातिकतर्फ पनि नेकपा एमाले पहिलो भएको छ । कुल ८२ हजार ९ सय ९५ मतमध्ये ३ हजार ९ सय ४३ मत बदर भएको छ । प्रदेशसभाको समानुपातिकतर्फ नेकपा एमालेले ३१ हजार ८ सय ४६ मत पाएको छ भने नेपाली कांग्रेसले २२ हजार ३ सय, नेकपा माओवादी केन्द्रले १४ हजार ९ सय ४, नेकपा एकिकृत समाजवादीले ३ हजार ९ सय ९३ र राप्रपाले ३ हजार ४ सय ७३ मत प्राप्त गरेको छ ।