images
images

एमालेले चुनावमा अन्र्तघात गर्ने कार्यकर्तालाई कारवार्ही गर्ने

  • २० मंसिर २०७९, मंगलवार १६:१२

दोलखा । नेकपा एमाले दोलखाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्र्तघात गर्नेहरुलाई कारवार्ही गर्ने भएको छ ।

एमालेको जिल्ला कमिटी बैठकले भर्खरै सम्पन्न भएको निर्वाचनमा पार्टीका केही नेता कार्यकर्ताहरुले गठबन्धनको पक्षमा मतदान गरी घात अन्र्तघात गरेको भन्दै उनीहरुमाथि कारवार्ही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । निर्वाचनमा पराजय व्यहारेपछि एमालेको जिल्ला कमिटी बैठक बसेको थियो । बैठकपछि जारी गरिएको विज्ञप्तिमा निर्वाचनका बेला बुथ कब्जालाई सहयोग गर्ने प्रहरी प्रशासन र कर्मचारीको अभिलेख तयार गरि कारवार्हीका लागि आवश्यक कदम चाल्ने उल्लेख गरिएको छ ।

पार्टी अध्यक्ष नरबहादुर श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा निर्वाचनका क्रममा साथ सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ज्ञापन गरिएको छ ।