images
images

कक्षा ११ को रजिष्ट्रेसन आवेदन फाराम खुल्यो

  • २० मंसिर २०८०, बुधबार ०८:५७

काठमाडौं । कक्षा ११ को रजिष्ट्रेसन आवेदन फाराम खुलेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि रजिष्ट्रेसन आवेदन फाराम खुला गरेको जानकारी गराएको हो । रजिष्ट्रेसन आवेदन फारमका साथ प्रधानाध्यापकबाट प्रमाणित गरिएको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडसिटको प्रतिलिपि संलग्न गर्नुपर्ने बोर्डले जनाएको छ ।

आवेदन फाराम बापत बोर्डमा बुझाउनुपर्ने रकम पुस १५ गतेसम्म बुझाइसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । विद्यार्थी आफैँले रजिष्ट्रेसन फारम भर्नुपर्ने र प्रतिविद्यार्थी ४ सयका दरले रकम तिर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।