
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुमा एन्जियोप्लास्टी सर्जरी गरिएको छ ।
मुटुमा समस्या देखिएपछि उहाँलाई गएराति करिब साढे ११ बजे श्रेष्ठलाई गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी अस्पताल भर्ना गरिएको हो । गृहमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री श्रेष्ठको मुटुमा राति करिब ९ बजेदेखि सामान्य दुखाइ सुरु भएको थियो । त्यसलगत्तै गृहमन्त्री श्रेष्ठलाई अस्पताल लगिएको हो । बेलैमा अस्पताल पुर्याएपछि हटअट्याकको अवस्था आउनुभन्दा पहिला नै श्रेष्ठको सर्जरी भएको अस्पतालले जनाएको छ । उहाँको मुटुको धमनिमा अवरोध देखिएकाले एन्जियोप्लास्टी सर्जरी गरेर धमनी खुलाइएको हो ।
गृहमन्त्री श्रेष्ठ केही दिन अस्पतालमै बस्नुहुनेछ । उहाँलाई तीन देखि पाँच दिनसम्म अस्पतालमै राख्नुपर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।