images
images

बागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा दोलखामा

  • २० मंसिर २०८०, बुधबार १२:२१

दोलखा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा दोलखा आउनुभएको छ ।

कालिञ्चोक गाउँपालिकामा आजदेखि सुरु हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगीताको उद्धघाटन समारोहमा सहभागी हुन योजनामन्त्री लामा दोलखा आउनुभएको हो । उहाँलाई दोलखा निर्माण व्यवसायी संघले चरिकोटमा एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । सो क्रममा मन्त्री सिंहले निर्माण व्यवसायीसँग समसामयिक विषयमा छलफल गर्नुभएको छ । मन्त्रिसँगको भेटमा निर्माण व्यवसायीहरुले क्रसर उद्योग सञ्चालन रोक लगाउँदा समस्या भएको विषयमा योजनामन्त्री लामाको ध्यानाकर्षण गराएका छन् । निर्माण कार्य चलिरहे पनि क्रसर उद्योग चार महिनादेखि पूर्ण रुपमा ठप्प हुँदा स्थानीयलाई समस्या भएको विषयमा निर्माण व्यवसायीले जानकारी गराएका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री लामालाई कांग्रेस दोलखाले पनि स्वागत गरेको छ । कांग्रेस दोलखाका सभापति बर्मा लामा लगायतका नेताहरुले मन्त्रि लामालाई पार्टी कार्यालयमा स्वागत गरेका थिए । मन्त्रिसँगको भेटमा विकास निर्माण लगायतका विषयमा छलफल भएको कांग्रेस सभापति बर्मा लामाले जानकारी दिनुभयो ।

मन्त्रि लामाले सदरमुकाम चरिकोटस्थित निर्माणाधिन रंगशालाको निरिक्षण समेत गर्नुभएको छ । रंगशालाको निरिक्षणका क्रममा योजनामन्त्री लामाले आगामी दिनमा कनिका जसरी छरेर बजेट विनियोजन नगर्ने बताउनुभयो । प्रदेश सरकारले अब देखिने गरी काम हुने योजनामा एकमुष्ट रुपमा बजेट विनियोजन गर्ने उहाँको भनाई छ ।