images
images

विराटनगरमा आगलागीः एक जनाको मृत्यु, तीन घाइते

  • २० मंसिर २०८०, बुधबार १६:१९

विराटनगर । विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

आगलागीमा परी विराटनगर महानगरपालिका–७ का ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको हो । विराटनगर महानगरपालिका–७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो आगलागी भएको थियो । आगलागीमा परी चार जना घाइते भएका थिए । घाइते भएकामध्ये दिपकको न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता (डिएसपी) रन्जनकुमार दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीमा परी घाइते भएकाहरुको न्युरो अस्पतालमा उपचर भइरहेको छ ।

दुई जनाको अवस्था भने गम्भीर रहेको छ । मृतक र घाइते कवाडी गोदामकै कामदार रहेका छन् । डिएसपी दाहालले आगलागीका कारण भने खुल्न नसकेको बताउनुभयो ।