images
images

काभ्रेपलाञ्चोकका एक युवक युक्रेनी सेनाको नियन्त्रणमा

  • २० मंसिर २०८०, बुधबार १७:३२

रुसी सेनामा भर्ती भएका काभ्रेपलाञ्चोकका एक युवकलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ ।

काभ्रेपलाञ्चोकका २२ वर्षीय सिद्धार्थ ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको हो । उनी रुसी सेनामा भर्ती भई युक्रेनसँग लड्न गएको बेला नियन्त्रणमा लिइएको हो । सिद्धार्थ ५१ दिन अगाडि बायोटेक्निकल एकेडेमीमा अध्ययन गर्न गएका थिए । यस्तै, यसअघि पनि बर्दियाका २३ वर्षीय विवेक खत्रीलाई युक्रेनी सेनाले नियन्त्रणमा थियो ।

यसैबीच, ८ जना नेपालीले युद्धस्थल छोडेर फरार रहेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । जसमा चेतेन्द्र खड्का, युवराज अधिकारी, लालबहादुर विश्वकर्मा लगायत ८ जना रहेका छन् । यसको स्वतन्त्र पुष्टि भने नभएको मन्त्रालयले दाबी गरेको छ ।