images
images

बागमती प्रदेश सरकारका ५ जना कर्मचारी ११ औं तहमा बढुवा

  • २० मंसिर २०८०, बुधबार १८:३९

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश निजामति ऐन २०७९ अनुसार ५ जना कर्मचारीलाई सचिव पदमा बढुवा गरेको छ ।

प्रदेश सरकारको आज बसेको बैठकले ५ जना कर्मचारीलाई ११ औं तहमा बढुवा गरी नियुक्त गरेको हो । मन्त्रीपरिषद बैठकले स्वास्थ्यतर्फ दीपक तिवारी, बसन्त अधिकारी, डा.अर्जुन प्रसाद सापकोटा र डा. नरेन्द्र कुमार झालाई ११ औं तहमा बढुवा गरी नियुक्त गरेको बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायले जानकारी दिनुभयो । उनीहरुलाई मुख्यमन्त्री शालिकराम जम्कटेलले नियुक्ति र पदस्थापनाको पत्र हस्तान्तरण गर्नुभएको छ ।