
काठमाडौँ । सप्तरीको डाक्नेश्वर नगरपालिका–१ मा नवनिर्वाचित वडाअध्यक्ष पदभार ग्रहण गर्नै नपाई पक्राउ परेका हुन् ।
उपनिर्वाचनबाट निर्वाचित वडाअध्यक्ष पदभार पनि ग्रहण गर्नै नपाई हत्या आरोपमा पक्राउ परेका हुन् । डाक्नेश्वर नगरपालिका–१ मा उपनिर्वाचनबाट निर्वाचित वडाअध्यक्ष धिरेन्द्र कुमार शाह पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ परेका हुन् । सहलाई वडा कार्यालयमा राखिएको पदभार ग्रहण कार्यक्रमको मञ्चबाटै पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । उनीमाथि एक युवतीको हत्या र उनको भाईलाई अपहरण गरेको आरोप छ । पक्राउ परेका साहलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ ।
शाह मंसिर १६ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट ६५२ मत प्राप्त गरि वडाअध्यक्ष विजयी भएका थिए ।