images
images

आइतबार र सोमबार वर्षासहित हिमपात हुने मौसम विज्ञान विभागको प्रक्षेपण

  • २१ मंसिर २०८१, शुक्रबार २१:३१

काठमाडौं । आइतबार र सोमबार वर्षासहित हिमपात हुने मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ ।

आगामी आइतबार र सोमबार पश्चिमी वायुसँगै पश्चिमी न्युन प्रणाली भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको हो । पश्चिम नेपालबाट प्रवेश गर्ने भएकाले प्रभाव पनि पश्चिम क्षेत्रमानै बढी पर्ने विभागले जनाएको छ । विभागका अनुसार आईतबार र सोमबार रातिसम्म सुदुरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा हिमपात हुने , हल्का देखि मध्यम वर्षाहुने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

यसैगरी गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम खालकाको हिमपात हुने छ भने लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाहुने प्रक्षेपण गरेको छ ।