दोलखा । नेकपा एमाले दोलखाको १० औँ जिल्ला अधिवेशनमा ८ सय ७ जना प्रतिनिधि सहभागि हुने भएका छन् ।
सदरमुकाम चरिकोटस्थित सिम्पानी हलमा हुने जिल्ला अधिवेशनमा भुगोल, सम्पर्क मञ्च, जवस मोर्चा र मनोनित गरी यतिधेरै प्रतिनिधि सहभागि हुन लागेका हुन् । एमाले दोलखाका प्रचार विभाग प्रमुख धर्मेन्द्र मोक्तानका अनुसार भुगोलतर्फ जिल्लाका ७४ वडाबाट सवैभन्दा बढी ६ सय १० जना प्रतिनिधि सहभागी हुने छन् । स्थानीय तहतर्फ भीमेश्वर नगरपालिकाबाट सवैभन्दा बढी १ सय १९ जिरी नगरपालिकाबाट सबैभन्दा कम ३० जना प्रतिनिधि सहभागी हुने छन् । जिल्ला अधिबेशनमा मेलुङ गाउँपालिकाका ८२, शैलुङ गाउँपालिकाका ७६, गौरीशंकर गाउँपालिकाका ६९, वैतेश्वर गाउँपालिकाका ६५, कालिञ्चोक गाउँपालिकाका ६३, तामाकोशी गाउँपालिकाका ५० र विगु गाउँपालिकाका ४८ जना प्रतिनिधि सहभागी हुने छन् ।
जिल्ला अधिवेशनमा एमालेको जिल्ला आयोजक कमिटीका १ सय १६, काठमाडौं सम्पर्क मञ्चबाट २०, जनवर्गीय संगठनबाट २३ जना, मजदुर संघबाट ३ र मनोनित ३५ जना गरी ८ सय ७ जना प्रतिनिधि सहभागी हुने एमाले दोलखाले जनाएको छ । चरिकोट सातदोवाटोवाट केहिवेरपछि सुरु हुने र्याली सिमपानी हलमा पुगेपछि सोही हलमा जिल्लाअधिवेशनको उद्घाटन र बन्दशत्र सम्पन्न हुनेछ । एमालेले आजै उद्घाटन शत्र सकेर बन्द शत्रका कार्यक्रम अघि बढाउने कार्यसूचि बनाएको छ ।