images
images

संसद गतिरोध अन्त्यकालागि प्रधानमन्त्री देउवाले ओलीलाई भेटेरै पहल गर्ने

  • २३ पुष २०७८, शुक्रबार ०८:५०

काठमाडौं । संघीय संसदमा लामो समयदेखि रहेको गतिरोध अन्त्यकालागि प्रधानमन्त्री शेरवहादुर देउवाले पहल गर्नु हुने भएको छ ।

सत्तारुढ गठबन्धनको आज बसेको बैठकले संसदको अवरोध हटाउनकालागि आवस्यक वार्ता र संवाद प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीलाई जिम्मा दिने निर्णय गरेको थियो । सोही निर्णय वमोजिम अव प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्नुहुने भएको हो । प्रधानमन्त्रीले आज वा भोली नैं प्रतिपक्ष दलका नेतालाई भेटेर संसदको गतिरोध अन्त्यकालागि पहल गर्नु हुनेछ ।

प्रतिपक्ष दल नेकपा एमालेले लामो समयदेखि संसद बैठक अवरुद्ध गर्दा गतिरोध पैदा भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारुढ गठबन्धन समन्वय समितिको बैठकले गतिरोध अन्त्यकालागि ओलीलाई भेटेरै छलफल गर्न सुझाव दिएको थियो ।

बैठकमा प्रधानमन्त्री देउवा, संयोजक रामभन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतको उपस्थिती थियो । बैठकमा राष्ट्रियसभा निर्वाचनका बारेमा छलफल हुनुका साथै आगामी निर्वाचनलाई लक्षित गरेर जिल्लास्तरमा पनि सत्तारुढ दलको समन्वय समिति बनाउने बिषयले समेत प्रवेश पाएको थियो ।