दोलखा । दोलखाका ५ ठूला सहकारी संस्थाहरुले तरलता अभाव भएपछि धमाधम व्याजदर वृद्धि गरेका छन् ।
मुलुकभरको बैंक तथा वित्तिय संस्थाहरुमा तरलता अभाव भइरहेका बेला जिल्लाका ५ ठूला सहकारीहरुले तरलता व्यवस्थापन गर्नका लागि ऋण तथा बचतको व्याजदर वृद्धि गरेका हुन् । ती सहकारीहरुले न्युनतम ० दशलमव ५ देखि अधिकतम ३ प्रतिशतसम्म बचत तथा ऋणको ब्याज दर बढाएका हुन् । जिल्लामा आर्थिक कारोबारको हिसावले ठूलो मानिने मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था, हाम्रो जनकल्याण साकोस, जनसचेतन, जनमुखि, एकिकृत फ्रेण्डसिप साकोसले ऋण तथा बचतको व्याजदरमा वृद्धि गरेका छन् । अन्य साना सहकारी संस्थाहरुले पनि व्याज दर बढाएका छन् ।
जिल्लाको बैतेस्वर गाउँपालिका ५ काब्रे स्थित जनसचेतन बचत तथा ऋण सहकारीले तरलता व्यवस्थापन गर्न सबैभन्दा बढि ३ प्रतिशतसम्म ऋणको ब्याजदर वृद्धि गरेको छ । पछिल्लो समय संस्थामा तरलता पर्याप्त नभएपछि ऋणको ब्याजदरमा ३ प्रतिशले वृद्धि गरि १३ दशमलव ५ प्रतिशत पु¥याइएको सहकारीका व्यवस्थापक नवराज दाहालले जानकारी दिनुभयो । तरलता अभाव भएपछि मंसिर २० गतेबाट ऋणमा ३ प्रतिशत र बचतमा ४ प्रतिशतसम्म व्याजदर वृद्धि गरिएको उहाँले बताउनुभयो । हाल जनसचेतन साकोसमा १० प्रतिशत मात्रै तरलता छ । वैतेस्वर गाउँपालिका ३ काब्रे स्थित जनमुखि बचत तथा ऋण सहकारी संस्थाले पनि तरलता व्यवस्थापन गर्न ऋणको व्याजरमा १ प्रतिशत वृद्धि गरेको छ । हाल साँढे १० प्रतिशत तरलता रहेको सहकारीमा पुस २ गते देखि लागु हुने गरी ऋणमा १ प्रतिशत वृद्धि गरेर साँढे १२ प्रतिशत कायम गरिएको छ ।
जिल्लाको बैतेस्वर गाउँपालिका ५ काब्रे स्थित जनसचेतन बचत तथा ऋण सहकारीले तरलता व्यवस्थापन गर्न सबैभन्दा बढि ३ प्रतिशतसम्म ऋणको ब्याजदर वृद्धि गरेको छ । आर्थिक कारोबारको हिसावले जिल्लाकै ठूलो सहकारीकोरुपमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले पनि पुस १६ गतेदेखि लागु हुने गरी बचतमा १ देखि २ दशमलव ५ प्रतिशतसम्म व्याजदर वृद्धि गरेको छ ।
आर्थिक कारोबारको हिसावले जिल्लाकै ठूलो सहकारीकोरुपमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले पनि पुस १६ गतेदेखि लागु हुने गरी बचतमा १ देखि २ दशमलव ५ प्रतिशतसम्म व्याजदर वृद्धि गरेको छ भने ऋणमा ० दशलमव ७५ देखि १ दशमलव ७५ प्रतिशतसम्म ब्याजदर वृद्धि गरेको छ । हाल सो सहकारीमा तरलता रकम १४ दशलमव १५ प्रतिशत रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सिईओ ईश्वर न्यौपानेले जानकारी दिनुभयो ।
हाम्रो जनकल्याण साकोसले पनि सहकारीमा २१ प्रतिशत तरलता रहेको अवस्थामा बचत र ऋणमा ० दशलमव ५ देखि १ प्रतिशत व्याज वृद्धि गरेको छ । पुस १ गतेदेखि लागु हुने गरी बचत र ऋणमा ० दशलमव ५ देखि १ प्रतिशत व्याजदर वृद्धि गरिएको सहकारीका व्यवस्थापक दिपक बस्नेतले जानकारी दिनुभयो । ब्याजदर वृद्धि गरेपछि सो सहकारीबाट न्यूनतम ९ दशलमव ५ प्रतिशत देखि अधिकतम १३ प्रतिशत व्याजदरमा ऋण प्रवाह भइरहेको छ भने बचतमा न्यूनतम ७ दशमलव ५ प्रतिशतदेखि अधिकतम १० प्रतिशत कायम गरिएको छ ।
जिरीस्थित एकिकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले वर्तमान वित्तिय बजारको अवस्थालाई मध्यनजर गर्दै संस्थाको उत्पादन तथा सेवामा पुस १ गतेबाट लागु हुनेगरी बचत र ऋणतर्फ ब्याजदर वृद्धि गरेको छ । संस्थाका अध्यक्ष भुमिराज खड्काका अनुसार १ दशमलव ५ प्रतिशतसम्म ऋण र बचतको व्याज दर बढाइएको छ । जसअनुसार संस्थाले बचततर्फ न्यूनतम ४ देखि अधिकतम ९ प्रतिशत रहेकोमा हाल बढाएर ६ प्रतिशतदेखि १० दशमलव ५ प्रतिशत ब्याजदर कायम गरेको छ । न्यूनतम १० देखि १२ दशमलव ५ प्रतिशतसम्म व्याद दरमा ऋण लगानी गर्दै आएकोमा अहिले बढाएर न्यूनतम ११ देखि अधिकतम १४ प्रतिशत कायम गरेको छ । हाल सहकारीमा साँढे १३ प्रतिशत तरलता रहेको छ ।