images
images

बोक्साबोक्सी आरोपमा गाउँ निकाला गर्ने १३ जनालाई कैद सँजाय

दोलखा । दोलखाको विगु गाउँपालिकाका एक दम्पतीलाई बोक्साबोक्सीको आरोप लगाउँदै गाउँ निकाला गरेको अभियोगमा १३ जनालाई जनही दुई वर्ष कैद सजायको फैसला भएको छ ।

जिल्ला अदालत दोलखाले विगु गाउँपालिका वडा नम्बर ५ स्याँखुका रत्नबहादुर श्रेष्ठ र उनकी श्रीमती कृष्णकुमारी श्रेष्ठलाई बोक्साबोक्सीको आरोप लगाएको अभियोगमा पक्राउ परेका १४ जनामध्ये १३ जनालाई दुई वर्ष कैद र जनही २० हजार जरिवानाको फैसला गरेको हो । जिल्ला न्यायधीश कविप्रसाद न्यौपानेको इजलासले स्थानीय टोल सुधार समितिका अध्यक्ष रत्ननारायण श्रेष्ठ सहित १३ जनालाई कैद सजायको फैसला गरेको छ । विगु गाउँपालिका वडा नम्बर ५ का तिर्थनारायण श्रेष्ठ, श्याम भनिने बुद्धराज मगर, हरिध्वज मगर, तुलबहादुर मगर, छत्रबहादुर मगर, हिरालाल श्रेष्ठ, ओमबहादुर श्रेष्ठ, शिरबहादुर श्रेष्ठलाई कैद सजायको फैसला भएको छ ।

स्थानीय खिलबहादुर मगर, तपेन्द्रबहादुर श्रेष्ठ, मानबहादुर श्रेष्ठ र खड्गबहादुर मगरलाई जनही दुई वर्ष कैद र २० हजार जरिवानाको फैसला सुनाइएको जिल्ला अदालत दोलखाका सुचना अधिकारी भीम पाण्डेले जानकारी दिनुभयो । उनीहरुलाई बोक्सीको आरोप (कसुर र सँजाय ) ऐन २०७२ अनुसार कैद र जरिवानाको फैसला भएको हो । अभियोग ठहर भएका उनीहरुले जनही एक हजारका दरले पीडीतलाई क्षतिपुर्ति समेत दिनुपर्ने अदालतले फैसला गरेको छ । सोही अभियोगमा पक्राउ परेका स्थानीय प्रेमबहादुर गुरुङले भने सफाइ पाएका छन् । घटनामा उनको संलग्नता पुष्टि नभएपछि जिल्ला अदालतले सफाई दिएको हो । अदालतको फैसला वमोजिम पुर्पक्षकालागि थुनामा रहेका रत्ननारायण श्रेष्ठ रिहा भएका छन् भने घटना लगत्तै फरार रहेका १३ जना मध्ये १२ जनाले अदालतले तोके वमोजिमको सँजाय भुक्तान गर्नु पर्नेछ ।

अदालतको फैसला वमोजिम पुर्पक्षकालागि थुनामा रहेका रत्ननारायण श्रेष्ठ रिहा भएका छन् भने घटना लगत्तै फरार रहेका १३ जना मध्ये १२ जनाले अदालतले तोके वमोजिमको सँजाय भुक्तान गर्नु पर्नेछ । उनीहरुले वस्तीमा मानिसहरु विरामी परेको, बस्तुभाउ मरेको साथै बोक्सीले भेदेका कारण गाउँमा रहेका झाँक्रिहरु समेत काम्न छाडेको आरोप लगाउँदै चिलंखाका एक दम्पतीलाई गाउँले भेला मार्फत लिखित निर्णय गरी गाउँ निकाला गरिएको थियो ।

स्थानीय टोल सुधार समितिको २०७६ साल मंसिर १ गते बसेको बैठकले श्रेष्ठ दम्पत्तिलाई बोक्साबोक्सीको आरोप लगाएर सामाजिक बहिष्कार गर्ने निर्णय गरेको थियो । उनीहरुले वस्तीमा मानिसहरु विरामी परेको, बस्तुभाउ मरेको साथै बोक्सीले भेदेका कारण गाउँमा रहेका झाँक्रिहरु समेत काम्न छाडेको आरोप लगाउँदै चिलंखाका एक दम्पतीलाई गाउँले भेला मार्फत लिखित निर्णय गरी गाउँ निकाला गरिएको थियो । पीडित दम्पतीलाई जबरजस्ती ‘बोक्साबोक्सी हुँ’ भनेर ल्याप्चे समेत लगाउन लगाइएको थियो ।

उनीहरुलाई कुनैपनि सामाजिक कार्यमा सहभागी नगराउने निर्णय गरेको बैठक पुस्तिका समेत दोलखा प्रहरीले सार्वजनिक गरेको थियो । पीडीत श्रेष्ठ गाउँमा सामान्य झारफुकको काम गर्ने गर्दथे । बोक्साबोेक्सी आरोप लगाएर गाउँले भेलाले निर्णय गरेपछि पीडित दम्पती न्याय खोज्दै सदरमुकाम चरिकोटसम्म आएका थिए । श्रेष्ठ दम्पत्तिलाई सामाजिक बहिष्कार गर्ने निर्णय गर्नेहरु विरुद्ध अदालतमा २०७६ साल पुस १ गते मुदा दायर भएको थियो । मुद्धा दायर भएको करिव दुई वर्षपछि उनीहरुलाई कैद सँजायको फैसला सुनाइएको हो ।