images
images

बागमती प्रदेश सरकारद्धारा ट्याक्सीको भाडा दर समायोजन

  • २३ पुष २०७८, शुक्रबार १३:२३

हेटौंडा । बागमती प्रदेश सरकारले माघ १ गतेवाट लागू हुनेगरी भाडाको ट्याक्सीको भाडा दर समायोजना गरेको छ ।

प्रदेश सरकारवाट स्वीकृति प्राप्त गरी सञ्चाला भईरहेका ट्याक्सीको भाडा दर समायोजना गरिएको हो । नयाँ भाडा दर अनुसार काठमाण्डौं उपत्यकामा सञ्चालनमा रहेका ट्याक्सीको पहिलो एक किलोमिटरसम्मको यात्राको सुरु ‘फ्लाग डाउन’ ६० रुपैयाँ कायम गरिएको छ । बागमती प्रदेशको यातायात मन्त्रालयका अनुसार सुरुको एक किलोमिटर यात्रापछि प्रति दुई सय मिटरको ९ रुपैयाँ ८० पैसाका दरले भाडा दर थप हुनेछ ।

बागमती प्रदेशमा सञ्चालन हुने ट्याक्सीले पूर्णरुपमा मिटरको प्रयोग गर्नु पर्नेछ भने सेवाग्राहीलाई सवारीसाधनको नम्बर, चालकको सम्पर्क नम्बरसहितको विवरण लेखिएको भिटिटिङ कार्ड उपलव्ध गराउनु पर्नेछ ।