images
images

गौरीशंकर संरक्षण क्षेत्रमा एक बर्षमा ११ सय पर्यटकले गरे भ्रमण

  • २३ पुष २०७९, शनिबार १४:५०

दोलखा । गौरीशंकर संरक्षण क्षेत्र आयोजना जिक्यापमा एक वर्षमा ११ सय ३९ जना पर्यटकले भ्रमण गरेका छन् ।

सन् २०२२ मा १ हजार ८२ जना विदेशी र सार्क राष्ट्रका ५३ जना गरी ११ सय ३९ जना पर्यटकले जिक्यापको भ्रमण गरेका हुन् । कोरोना महामारीका कारण दुई वर्ष सन् २०२० र २०२१ मा ठप्प रहेको जिक्यापको पर्यटन क्षेत्र २०२२ मा केही सुधार भएको हो । सन् २०२० मा जम्मा १ सय ९५ जना र २०२१ मा १ सय ७२ जना पर्यटकले मात्रै संरक्षण क्षेत्रको भ्रमण गरेका थिए । कोरोना महामारीपछि लामो समयसम्म जारी गरीएको लकडाउनले यी दुई वर्ष जिक्यापको पर्यटन क्षेत्र ठप्प प्राय बनेको थियो । तर सन् २०२२ मा भने संरक्षण क्षेत्रको भ्रमणका लागि ११ सय ३९ जना पर्यटक पुगेका हुन् । यो वर्ष पर्यटन सुचना केन्द्र तथा जाँच चौकी शिवालय रामेछापबाट सवैभन्दा बढी ४ सय ५९ जना पर्यटक भित्रिएका छन् । रामेछाप हुँदै ४ सय ३८ जना विदेशी र २१ जना सार्क राष्ट्रका पर्यटक भित्रिएका हुन् ।

संरक्षण क्षेत्रको काठमाडौमा रहेको इन्ट्री परमिट काउन्टर भृकुटीमण्डबाट ३ सय ९७ जना विदेशी र १३ जना सार्क राष्ट्रका गरी ४ सय १० जना पर्यटक जिक्याप भ्रमणका लागि आएका थिए । पर्यटन सुचना केन्द्र तथा जाँच चौकी सिंगटीको रेकर्ड अनुसार सन् २०२२ मा सिंगटी हुँदै २ सय १७ जना विदेशी र १७ जना सार्क राष्ट्रका गरी २ सय ३४ जना पर्यटक संरक्षण क्षेत्रको भ्रमणमा गएका छन् भने पर्यटन सुचना केन्द्र तथा जाँच चौकी सिन्धुपाल्चोकको चाकुबाट ३० जना विदेशी र दुई जना सार्क राष्ट्रका गरी ३२ जना पर्यटक जिक्यापको भ्रमणमा आएका छन् ।

कोरोना महामारीपछि लामो समयसम्म जारी गरीएको लकडाउनले यी दुई वर्ष जिक्यापको पर्यटन क्षेत्र ठप्प प्राय बनेको थियो । तर सन् २०२२ मा भने संरक्षण क्षेत्रको भ्रमणका लागि ११ सय ३९ जना पर्यटक पुगेका हुन् ।यो वर्ष पर्यटन सुचना केन्द्र तथा जाँच चौकी शिवालय रामेछापबाट सवैभन्दा बढी ४ सय ५९ जना पर्यटक भित्रिएका छन् । सन् २०१० देखि हालसम्मको अवधिमा २२ हजार बढी पर्यटकले जिक्याप क्षेत्रको भ्रमण गरेका छन् ।

सन् २०२२ मा सवैभन्दा बढी अमेरिका, अष्ट्रेलिया, ब्रिटिस, फ्रान्स र जर्मनीका पर्यटकले जिक्याप क्षेत्रको भ्रमण गरेको गौरीशंकर संरक्षण क्षेत्र आयोजना जिक्यापका सुचना अधिकारी तुलसि दहालले जानकारी दिनुभयो ।संरक्षण क्षेत्रको भ्रमणमा आएका पर्यटकहरुबाट २८ लाख ६८ हजार ५ सय ६४ रुपैँया पर्यटन शुल्क उठेको गौरीशंकर संरक्षण क्षेत्र आयोजना –जिक्याप) ले जनाएको छ । यो भ्याट सहितको रकम हो । वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार संरक्षण क्षेत्रले २०७५ साल असोज २९ गतेदेखि विदेशी पर्यटकबाट भ्याट सहित ३ हजार र सार्क राष्ट्रका पर्यटकका लागि भ्याट सहित १ हजार रुपैँया शुल्क लिँदै आएको छ ।सडकको दुरावस्था, पर्यटकको रोजाई अनुसारका पुर्वाधारको कमीका कारण संरक्षण क्षेत्र भ्रमणमा आउने पर्यटकको संख्यामा अझै बृद्धि हुन नसकेको जिक्यापका प्रमुख मधु क्षेत्रीले जानकारी दिनुभयो ।

यसैबीच, सन् २०१० देखि हालसम्मको अवधिमा २२ हजार बढी पर्यटकले जिक्याप क्षेत्रको भ्रमण गरेका छन् । तथ्यांक अनुसार सन् २०१० देखि सन् २०२२ सम्मको १३ वर्षमा २२ हजार २ सय ८ जना पर्यटकले जिक्याप क्षेत्रको भ्रमण गरेका हुन् । यो तथ्यांकलाई हेर्दा सन् २०१४ मा सवैभन्दा बढी ३ हजार ५६ जना पर्यटकले जिक्याप क्षेत्रको भ्रमण गरेका छन् भने सवैभन्दा कम २०२१ मा जम्मा १ सय ७२ जना मात्रै पर्यटक जिक्यापको भ्रमणमा पुगेका छन् ।