
काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा आज सबेरै भूकम्प गएकोे छ । आज बिहान ६ बजेर ५० मिनेट जाँदा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले चीन केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको छ । नेपाल र चीनको सिमाना तिव्वतको दिंगे काउन्टीमा भूकम्पको केन्द्रविन्दु रहेको थियो । विहान सवेरै भूकम्प गएपछि काठमाडौं उपत्यकासहित आसपासका जिल्लाका मानिसहरु घर बाहिर निस्किएका थिए ।
भूकम्पका कारण तिव्वत क्षेत्रसँगै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का महसुस भएको थियो । दोलखामा पनि भूकम्पको ठूलो धक्काको महशुस भएको थियो । भूकम्पपछि सदरमुकाम चरिकोट, जिरी, मैनापोखरी, सिंगटी लगायतका बजारवासीहरु घरवाहिर निस्किएका थिए ।