images
images

चीन भूकम्प अपडेटः मृतकको संख्या ९५ पुग्यो, १३० घाईते

  • २३ पुष २०८१, मंगलवार १४:५४

काठमाडौँ । चीनमा आज बिहान गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

भूकम्पमा परि १३० जना घाईते भएका छन् । भूकम्पबाट मृत्यु हुनेको संख्या ९५ पुगेको तिव्वतस्थित क्षेत्रीय विपद राहत मुख्यालयले जनाएको हो ।

नेपाली समय अनुसार आज बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङी गाउँ केन्द्र भएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखेपनि चिनको भूकम्प नेटवर्क केन्द्रले भूकम्पको तीव्रता ६.८ मापन गरेको छ । चिनिया अधिकारीहरुका अनुसार भूकम्पको केन्द्रविन्दु रहेको दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा धेरै घरहरु भत्किएका छन् । भूकम्पपछि चीनले सगरमाथा (माउन्ट कोमोलाङमा) क्षेत्र अस्थायी रुपमा बन्द गरेको छ ।

तत्काल उद्धारमा जुट्न राष्ट्रपतिको निर्देशन

भूकम्पपछि राष्ट्रपति सि जिनपिङले जीवन जोगाउन र क्षति न्युनीकरणका लागि जतिसक्दो छिटो उद्धारको प्रयास गर्न निर्देशन दिनुभएको छ । चिनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले घाईतेहरुको उपचारमा उच्च प्राथमिकता दिन पनि निर्देशन दिनुभएको छ ।

उहाँले सम्भावित थप क्षति रोक्न, प्रभावितहरुलाई उचित स्थानमा पुर्नस्थापना गर्न र घटनापछिको कामलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न भन्नुभएको छ ।