
काठमाडौँ । आज बिहान चीनको तीव्वत केन्द्रविन्दु भएर गएको भूकम्पमा परि नेपालमा पनि क्षति भएको छ ।
तीव्वतमा गएको भूकम्पबाट नेपालमा १३ जना घाईते भएका छन् भने १४ घरमा क्षति पुगेको छ । भूकम्पबाट बारामा ११ तथा काठमाडौँ र काभ्रेपलाञ्चोकमा एक/एक गरी १३ जना घाईते भएका हुन् । घाईते सबैको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ ।
भूकम्पबाट विभिन्न जिल्लामा गरि १४ घरमा क्षति पुगेको छ । भूकम्पले ओखलढुंगामा एक घरमा पूर्ण रुपमा र दुई घरमा सामान्य क्षति भएको छ भने सोलुखुम्बुमा एक घर पूर्ण, एक घरमा आंशिक र तीन घरमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीले संकलन गरेको तथ्यांक अनुसार ताप्लेजुङमा तीन तथा संखुवासभा, सिन्धुपाल्चोक र रामेछापमा एक/एक घरमा क्षति भएको छ ।
आज बिहान ६ः५० मा नेपालको उत्तरपूर्वी सीमानजिकै केन्द्र भएर सात रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको काठमाडौँ सहित नेपालका विभिन्न जिल्लामा ठुलो धक्का महसुश भएको थियो ।