images
images

वडासदस्यको निधनमा जिरी नगरपालिकाको कार्यालय, शिक्षण संस्था र स्वास्थ्य इकाई बन्द

  • २४ माघ २०७८, सोमबार ०९:१६

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा आज नगरपालिकाको कार्यालय र मातहतको सबै वडा कार्यालय तथा विद्यालय बन्द रहने भएका छन् ।

जिरी नगरपालिका वडा नम्बर ६ का वडा सदस्य लिला बहादुर जिरेलको निधन शोकमा नगरपालिकाले आज एक दिन नगरपालिकाको कार्यालय र मातहतको कार्यालय बन्द गरेको हो । वडा सदस्य जिरेलप्रति श्रद्धाञ्जली व्यक्त गर्र्दै नगर कार्यपालिकाको हिजो बसेको बैठकले आज जिरी नगरपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु र जिरी अस्पतालबाट प्रवाह हुने आकस्मिक सेवा बाहेक अन्य सम्पुर्ण स्वास्थ्य इकाई तथा सामुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो ।

त्यसलगत्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले सुचना जारी गरी सो जानकारी गराउनुभएको हो । वडा सदस्य जिरेलको माघ २२ गते ६० वर्षको उमेरमा निधन भएको थियो ।