images
images

स्थानीय निर्वाचन २०७९ वैशाख ३० गते हुने

  • २४ माघ २०७८, सोमबार १६:१०

काठमाडौँ । सरकारले स्थानिय तहको निर्वाचन आगामी वैशाख ३० मा गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्को आज बसेको बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठक बस्नुअघि सरकारले निर्वाचन आयोगका पदाधिकारीसँग सो विषयमा परामर्श गरेको थियो । आयोगका पदाधिकारीहरुले वैशाख ३० गतेका लागि निर्वाचन मिति उपयुक्त हुने सुझाव दिएका थिए । यसअघि निर्वाचन आयोगले एकै चरणमा बैशाख १४ र दुई चरणमा गर्ने १४ र २२ गते सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले ४ जेठमा गर्ने प्रस्ताव गरेको थियो ।

स्थानिय तह निर्वाचन ऐन अनुसार हाल कायम रहेका स्थानिय जनप्रतिनिधिको कार्यकाल २०७९ साल जेठ ५ मा सकिने छ । साथै संविधानले स्थानिय तह जनप्रतिनिधिविहिन हुने कल्पना गरेको छैन । जेठ ४ मा निर्वाचन गर्दा केही दिन स्थानिय तह जनप्रतिनिधिविहिन हुने अवस्था आएपछि सरकारले नयाँ मिती प्रस्ताव गरेको हो ।