images
images

बागमती प्रदेशसभाको विषयगत समितीको गठनमा ढिलाइ

  • २४ माघ २०७९, मंगलवार ०८:३७

हेटौंडा । बागमती प्रदेशको प्रदेशसभाको विषयगत समितीको गठनमा ढिलाइ भएको छ ।

सोमबारको प्रदेशसभा बैठकमा दलहरुको तर्फबाट समितीका बस्ने सांसदहरुको नामावली माग भएपनि एमालेबाहेकका दलले नाम बुझाउन नसक्दा समिती गठनमा ढिलाइ भएको हो । यद्धपी सहमति नजुटेपछि सभामुख भुवनकुमार पाठकले माघ २६ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो । संसदीय समितीहरुको सभापतिमा सबै दलहरुको दाबी रहेपछि गठन हुन नसकेको हो ।

बागमती प्रदेशसभामा पाँचवटा विषयगत समिती हुने व्यवस्था छ । प्रतिपक्षी कांग्रेसले दुई वटामा सभापति दाबी गरेको थियो । सत्तारुढ माओवादी, एमाले र राप्रपाले पनि दुई÷दुई वटा समितीमा दाबी गरेका छन् । एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको पनि दाबी कायमै रहेपछि संसदीय समिती गठन हुन नसकेको हो । प्रदेशसभामा प्रदेश मामिला समिती, अर्थ तथा विकास समिती, सावर्जनिक लेखा समिती, शिक्षा, स्वास्थ्य तथा कृषि समिती र उद्योग, पयर्टन तथा वातावरण समिती रहेको छ । सरकारलाई प्रश्न गर्ने र निर्देशन दिने क्षमता राख्ने समितीमा दलहरुको दाबीले अन्योल देखिएको हो ।