images
images

टर्की भूकम्पः मृतकको संख्या ४ हजार पुग्यो, १५ हजार बढी घाइते

  • २४ माघ २०७९, मंगलवार ०८:५४

टर्की र सिरियाको सीमामा केन्द्रबिन्दु भएर गएको शक्तिशाली भुकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार पुगेको छ ।
टर्कीमा २ हजार ९ सय र सिरियामा १ हजार १ सय जनाको मृत्यु भएको हो । भुकम्पका कारण दुवै मुलुकमा हजारौं मानिस घाइते भएका छन् । घाइतेमध्ये अधिकाशंको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । अत्याधिक चिसोका कारण उद्धारमा कठिनाइ भएको छ । टर्कीको गाजियान्टेप प्रान्तको नुरडागीबाट २३ किलोमिटर पुर्वी क्षेत्र केन्द्रविन्दु बनाएर गएको ७ दशमलव ८ रेक्टरस्केलको भुकम्पको धक्का लेबनन, साइप्रस र इजरायलसम्म महसुस गरिएको थियो ।