images
images

बागमती प्रदेशका १३ वटै जिल्लामा एकिकृत सेवा कार्यालय खोल्न कार्यदल गठन

  • २४ माघ २०७९, मंगलवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लामा एकिकृत सेवा कार्यालय खोल्न कार्यदल गठन गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेशका सबै जिल्लामा एकिकृत सेवा कार्यालय खोल्ने तयारीका लागि प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरेको हो । बैठकले सहज रुपमा नागरिकलाई सेवा प्रवाह गर्ने उदेश्यले प्रदेशका सबै जिल्लामा एकिकृत सेवा सञ्चालनका लागि अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यदलका संयोजक निरौलाले विज्ञ सहित आवश्यकता अनुसार कार्यदल गठन गर्नुहुनेछ । प्रदेशका सबै प्रशासनिक कार्यालयहरु हेटौंडा र काठमाडौं केन्द्रित हुँदा दोलखा लगायतका जिल्लाका सेवाग्राही मर्कामा परेको भन्दै संसदमै आवाज उठेको थियो । बागमती प्रदेशका पूर्वमन्त्री विशाल खड्काले प्रशासनिक कार्यालय हेटौंडामा रहँदा समस्या परेको विषयमा संसदमै आजाव उठाउनुभएको थियो । कार्यदलको प्रतिवेदनका आधारमा सेवा कार्यालय सञ्चालनको प्रक्रिया अघि बढ्नेछ ।

बागमतीको निति तथा योजना आयोगको उपाध्यक्षमा चालिसे
बागमती प्रदेशको निति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त भएका छन् ।
प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले चालिसेलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । चालिसे जनसंख्या तथा बुढ्यौली विद् हुन् । नेपाल जनसंख्या संघको उपाध्यक्ष रहेका रहेका उनले जापानको टोकियो विश्वविद्यालयबाट विद्यावारिधी गरेका हुन् भने अमेरिकाबाट रिसर्च पुरा गरेका हुन् । अमृत साइन्स क्याम्पसबाट बिएससीसम्मको अध्यया पुरा गरेका चालिसेले स्नातकोत्तर त्रिभुवन विश्वविद्यालयबाट गरेका थिए ।