images
images

मानव बेचविखन तथा ओसारपसार मुद्धामा ८ वर्षदेखि फरार युवती पक्राउ

  • २४ माघ २०७९, मंगलवार १८:३४

सिन्धुपाल्चोक । मानव बेचविखन तथा ओसारपसार मुद्धामा फरार सिन्धुपाल्चोककी एक युवती ८ वर्षपछि पक्राउ परेकी छिन् ।

जुगल गाउँपालिका वडा नम्बर ५ की २५ वर्षिया कविता घिमिरेलाई प्रहरीले मानव बेचविखन तथा ओसारपसार मुद्धामा फरार भएको ८ वर्षपछि पक्राउ गरेको हो । उनलाई काठमाडौंको जडिबुट्टीबाट पक्राउ गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । सिन्धुुपाल्चोक जिल्ला अदालतले २०७२ साल फागुन १२ गते मानव बेचविखन तथा ओसारपसार मुद्धामा ९ वर्ष २६ दिन र थुनुवा कैदीबन्दी भागेको, भगाएको मुद्धामा ४ वर्ष ६ महिना २४ दिन गरी १३ वर्ष ७ महिना २० दिन कैद तथा ५० हजार जरिवानाको फैसला सुनाएको थियो ।

२०७४ साल फागुन ९ गते घिमिरेले आफु सहित कैदीवबन्दी भगाएकी थिइन् । ६ वर्ष ११ महिना ११ दिन कैद बाँकी छँदै कारागारबाट भागेकी उनलाई पक्राउ गरिएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक डिएसपी शिव बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकी घिमिरेलाई कैद असुलका लागि जिल्ला कारागार चौतारामा चलान गरिएको छ ।