दोलखा । नेकपा एमाले दोलखाको १० औं जिल्ला अधिवेशनमा २० जना जिल्ला कमिटी सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
भुगोलतर्फको महिला, ४० वर्षभन्दा कम उमेरका युवा, भुगोलतर्फको खुल्ला लगायतका कोटामा २० जना उम्मेदवार निर्विरोध भएका हुन् । भुगोलको महिलातर्फ गौरीशंकरमा मुना शिवाकोटी, बिन्दु गुरुङ र छिरिङ डोमा शेर्पा जिरी नगरपालिकामासुन्तली सुनुवार, अप्सरा जिरेल र मनमाया जिरेल निर्विरोध भएका छन् । यस्तै, भीमेश्वर नगरपालिवाट किरण वली, पूर्णिमा खरेल र सोममाया श्रेष्ठ तामाकोशीमा गोमा श्रेष्ठ बुढाथोकी र मीना शिवाकोटी पनि निर्विरोध भएका छन् ।
युवा सदस्यतर्फ गौरीशंकरवाट फुर्लाक्पा शेर्पा, जिरी नगरपालिकावाट लुकछिरी शेर्पा र मेलुङवाट अमृत खड्का निर्विरोध निर्वाचित भएका छन् । जिल्लाका ९ वटै स्थानीय तहवाट ४० बर्षभन्दा कम उमेरका युवककालागि एक÷एक कोटा निर्धारण गरिएको थियो । भुगोलको खुल्लातर्फ गौरीशंकर गाउँपालिकावाट ४ सदस्य निर्विरोध भएका छन् । गौरीशंकरवाट झलककुमार कार्की, उदयवहादुर खड्का, डिल्लिध्वज बस्नेत र निमा लामा निर्विरोध भएका हुन् । मजदुरतर्फ दानवहादुर विमली पनि निर्विरोध भएका छन् । निर्वाचन क्षेत्र युवा महिलातर्फ २ सदस्य रहेकोमा एक जनाको मात्रै उम्मेदवारी परेको छ । वैतेश्वर ७ की पम्फि भुजेल निर्विरोध भएकी छिन् ।
खुल्ला तथा बिभिन्न क्लस्टरवाट जिल्ला कमिटी सदस्यमा निर्वाचित हुने ६३ सदस्यकालागि एक सय ६९ जना चुनावी मैदानमा छन् । खुल्लातर्फ १० सदस्यकालागि २६ जना, भुगोलको खुल्लातर्फ २१ सदस्यकालागि ६३, भुगोलको खुल्ला महिलातर्फ ११ सदस्यकालागि १७, भुगोलको खुल्ला युवातर्फ ५ सदस्यकालागि १८ र दलित खुल्लातर्फ ६ सदस्यकालागि ११ जनाको उम्मेदवारी परेको छ । खुल्ला युवा सदस्य २ कालागि ७, खुल्ला महिला सदस्य २ कालागि ७, निर्वाचन क्षेत्र समावेशी दलित महिला २ सदस्यकालागि ८, खुज्ला जनजाति २ सदस्यकालागि ७, महिला जनजाति १ सदस्यकालागि २ र अपाङ्गता एवँ अशक्त समुदायकोतर्फवाट एक सदस्यकालागि ३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
एमाले दोलखाको अध्यक्ष पदमा तीन, उपाध्यक्ष र सचिव पदमा दुई/दुई तथा उपसचिव पदमा १२ जनाको उम्मेदवारी परेको छ ।










