images
images

तामाङ समुदायको ‘सोनाम ल्होछार’ को अवसरमा शैलुङ गाउँपालिकामा २ दिन सार्वजनिक विदा

  • २४ माघ २०८०, बुधबार २१:४२

दोलखा । दोलखाको शैलुङ गाउँपालिकाले तामाङ समुदायको पर्व ‘सोनाम ल्होछार’ को अवसरमा २ दिन विदा दिने भएको छ ।

गाउँपालिकाले आज सार्वजनिक सूचना जारी गरी सोनाम ल्होछारको अवसरमा माघ २६ र २८ गते सार्वजनिक विदा दिने जनाएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतले सार्वजनिक सूचना जारी गरी सोनाम ल्होछारको अवसरमा दुई दिन गाउँपालिका र मातहतका कार्यालय, सम्पूर्ण निजी तथा सामुदायिक विधालय, संघ संस्थाहरु बन्द हुने बताएका छन् ।

गाउँपालिकाका अध्यक्ष रिमालवावु श्रेष्ठले बुधवार बसेको गाउँपालिकाको निर्णय अनुसार ल्होछारको अवसरमा स्थानीय पर्व विदा दिएको बताउनुभयो । गाउँपालिकाले आगामी शुक्रवार र आइतवार विदा दिएसँगै लगातार तीन दिन विदा हुने भएको छ । शैलुङ गाउँपालिकामा तामाङ समुदायको जनसँख्या उल्लेख्य रहेको छ ।