
सिन्धुली । सिन्धुलीमा यात्रुवाहक विद्युतीय सवारी इभी गाडी दुर्घटना हुँदा दोलखाका एकसहित ६ जना घाइते भएका छन् ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ खनियाँखर्क नजिक झापाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक विद्युतीय सवारी –इभी दुर्घटना हुँदा गौरीशंकर गाउँपालिकाका २८ वर्षीय सुशान्त नेपाली सहित ६ जना घाइते भएका हुन् । बा १ ०३० च ९६४२ नम्बरको इभी आज बिहान करिब ४ बजे दुर्घटना भएको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।
सडकबाट करिब चार सय मिटर तल खसेकाले उद्धारमा समेत कठिनाही भएको सिन्धुलीका प्रहरी प्रमुख एसपी काफ्लेले बताउनु भयो ।