images
images

सिन्धुली दुर्घटना अपडेटः चालक गौरीशंकरका युवकको मृत्यु

  • २५ माघ २०८१, शुक्रबार ०८:२६

सिन्धुली । सिन्धुलीमा यात्रुवाहक विद्युतीय सवारी इभी गाडी दुर्घटना हुँदा गौरीशंकर गाउँपालिकाका एक युवकको मृत्यु भएको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ खनियाँखर्क नजिक झापाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक विद्युतीय सवारी –इभी दुर्घटना हुँदा गौरीशंकर गाउँपालिकाका २८ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको हो ।   बा १–०३० च ९६४२ नम्बरको इभी आज बिहान करिब ४ बजे दुर्घटना भएको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । दुर्घटनामा घाइते  ५ जना मध्ये मोरङको लेटाङ नगरपालिका– २ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर रहेको र उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको  छ ।

दुर्घटनामा इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका–१ का २७ वर्षीय किस्कु मण्डल घाइते भएका छन् । इभी सडकबाट करिब चार सय मिटर तल खसेको सिन्धुली प्रहरीले जनाएको छ ।