
सिन्धुली । सिन्धुलीमा दुर्घटनामा परी मृत्यु भएका इभी चालकको स्थायी ठेगाना कालिञ्चोक गाउँपालिका भएको पुष्टि भएको छ ।
सिन्धुली प्रहरीले उनीसँग भेटिएको कार्डको आधारमा गौरीशंकर गाउँपालिका घर बताए पनि परिवारजनले कालिन्चोक गाउँपालिका वडा नम्बर २ बाबरे धारापानी रहेको पुष्टि गरेका हुन् । कालिञ्चोक – २ का अध्यक्ष हेम बहादुर पाण्डे (विक्रम) का अनुसार २८ वर्षीय सुशान्त नेपाली बाबरेका हुन् । चालक नेपालीको मृत्युको खबर परिवारजनले थाहा भएपछि स्थायी ठेगान खुलेको हो । सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ खनियाँखर्क नजिक झापाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक विद्युतीय सवारी –इभी दुर्घटना हुँदा चालक नेपाली गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा मृत्यु भएको हो । इभी सडकबाट करिब चार सय मिटर तल खसेको सिन्धुली प्रहरीले जनाएको छ । अन्य पाँच पनि घाइते भएका छन् ।