images
images

ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु

  • २३ फाल्गुन २०७८, सोमबार ११:५०

ललितपुर । ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।

ललितपुरको नल्लुमा २ दिने शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु भएको हो । आज विहान ४ जनाको घटनास्थल र थप एक जनाको उपचारको क्रममा मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी वसन्त कुँवरलेजानकारी दिनुभयो । मृत्यु हुनेमा ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्मा रहेकी छिन् । उनीहरु आफ्नै घरभित्र मृत फेला परेका हुन् भने उपचारको क्रममा दुई दिनको अर्का एक नाबालकको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा विषको जस्तो बट्टा फेला पारेको र घटनाको विषयमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।