
काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले मनोनित हुने ९७ जना केन्द्रीय समितिका सदस्यहरु थप गरेको छ ।
आज बसेको केन्द्रिय समिति बैठकमा अध्यक्ष प्रचण्डले पार्टीका कमिटीहरुबाट सिफारिस भएका नामहरुबाट सदस्यहरुको सूची तयार गरी बाचन गर्नुभएको हो । प्रचण्डले खुलातर्फ ५५ तथा समानुपातिकतर्फ ४२ जना गरी ९७ जना केन्द्रिय सदस्य तथा प्रस्तावित सदस्यहरुको सूची पेश गर्नुभएको हो । यसअघि माओवादीले २ सय ४७ जनालाई केन्द्रिय समिति सदस्य बनाएको थियो । योसँगै माओवादी केन्द्रिय समिति ३ सय ४४ बनेको छ ।