दोलखा ।दोलखाको तामाकोशी गाउँपालिकामा ढुंगा खानीमा पुरिएर दुई युवकको मृत्यु भएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ७ हाँवास्थित खरिखानीमा पुरिएर धादिङको रोराङ गाउँपालिका वडा नम्बर २ का अन्दाजि २०/२२ वर्षिय सन्तोष तमाङ र बसन्त तमाङको मृत्यु भएको हो । आज दिउँसो ढुंगा निकाल्ने क्रममा माथिबाट खसेको ढिस्कोले उनीहरुलाई पुरेको थियो । ढिस्कोमा पुरिएका दुवै जनाको घटनास्थलमै मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक अञ्जन कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु दुवै जना सोही ढुंगाखानीमा विगत केही समयदेखि काम गर्दै आएका थिए । मृतक दुवै जनाको शव हाल घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।