images
images

कालिञ्चोक गाउँपालिकाका एक बृद्धको आगलागीमा परी मृत्यु

  • २३ फाल्गुन २०७९, मंगलवार ०७:४०

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकाका एक बृद्धको आगलागीमा परी मृत्यु भएको छ ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर २ डकाका ८७ वर्षिय महविर थामीको आगलागीमा परी मृत्यु भएको हो । गएराति खाना खाएर आफ्नै घरमा सुतिरहेका उनको आगलागीमा परी मृत्यु भएको छ । अँगेनाको छेउमा सुतिरहेका उनको त्यही आगो सल्कीएर आगलागी हुँदा मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । उनी घरमा एक्लै बस्दै आएका थिए । छिमेकीको निधन भएपछि गाउँका सवै मानिसहरु त्यही घरमा भेला भएर बसेका थिए ।

बृद्ध सुतिरहेको घरमा आगलागी भएर विजुली सर्ट भइसकेपछि विहान ४ बजे मात्रै बृद्ध सुतिरहेको घरमा लागलागी भएको स्थानीयले थाहा पाएका थिए । आगलागीबाट ती बृद्धको शरीरको अधिकांश भाग जलेको छ । अहिले प्रहरी घटनास्थलमा जाँदैछ । आगलागीबाट एक तले घर जलेर पुर्ण रुपमा नष्ट भएको छ ।