images
images

बैतेश्वरमा बोलेरो दुर्घटनाः चार जना गम्भिर घाईते काठमाडौं रिफर

  • २३ फाल्गुन २०७९, मंगलवार १६:१४

दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकामा बोलेरो दुर्घटनामा परी गम्भिर घाईते भएका चार जनालाई उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

दुर्घटनामा परी गम्भिर घाईते भएका ७ जनामध्ये चार जनालाई उपचारका लागि एम्बुलेन्स मार्फत काठमाडौं पठाइएको हो । दुर्घटनामा परी वैतेश्वर गाउँपालिका वडा नम्बर २ का सुनकुमार तमाङ, वडा नम्बर ३ का शम्भु दहाल, वडा नम्बर ६ का टुल्के नेपाली, सुनिता नेपाली, चित्र बहादुर नेपाली, लक्ष्मी नेपाली र कृष्ण मगर गम्भिर घाईते भएका थिए । त्यसमध्ये टुल्के नेपाली, सुनिता नेपाली, सुनकुमार तमाङ र शम्भु दहाललाई वैतेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको दोलखाका प्रहरी निरिक्षक धर्मेश कुमार यादवले जानकारी दिनुभयो । बालेरो चालक सहित अन्य घाईतेहरुको वैतेश्वर अस्पताल र दहाल मेडिकलमा उपचार भइरहेको छ ।

नाम्दुबाट मैनापोखरी जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो वडा नम्बर ६ नाम्दु डाँडागाउँमा दुर्घटना भएको हो । बोलेरो आफैं अनियन्त्रित भएर सडकको विचमै पल्टिएको थियो । बालेरोमा १९ जना सवार थिए । क्षमता भन्दा बढी लोडका कारण बोलेरो दुर्घटना भएको प्रहरीको अनुमान छ ।