images
images

मेलुङ र लिखु तामाकोसीका निर्वाचन अधिकृत फेरीए

  • २४ चैत्र २०७८, बिहीबार ०८:२२

जिरी (दोलखा) । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा खटाइने निर्वाचन अधिकृतको सूची संशोधन गर्दा दोलखा र रामेछापका निर्वाचन अधिकृत पनि परिर्वतन भएका छन् ।

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा खटाइने निर्वाचन अधिकृतको सूची संशोधन गर्दा दोलखा र रामेछापका एक/एक स्थानीय तहका निर्वाचन अधिकृत परिर्वतन भएका हुन् । आयोगले सुचना जारी गर्दै ७१ निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाएको र ७१ निर्वाचन अधिकृतमा खटाएको जानकारी गराएको छ । जसअनुसार दोलखाको मेलुङ गाउँपालिकामा निर्वाचन अधिकृतको रुपमा हुलाक सेवा विभाग काठमाण्डौका निर्देशक विनोदकुमार खड्कालाई खटाएइको छ । आयोगले यसअघि निर्वाचन अधिकृत तोकिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव प्रल्हाद कुमार कार्कीलाई हटाएर खड्कालाई खटाएको हो ।

निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा खटाइने निर्वाचन अधिकृतको सूची संशोधन गर्दा दोलखा र रामेछापका निर्वाचन अधिकृत पनि परिर्वतन भएका छन् । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा खटाइने निर्वाचन अधिकृतको सूची संशोधन गर्दा दोलखा र रामेछापका एक/एक स्थानीय तहका निर्वाचन अधिकृत परिर्वतन भएका हुन् । जसअनुसार दोलखाको मेलुङ गाउँपालिकामा निर्वाचन अधिकृतको रुपमा हुलाक सेवा विभाग काठमाण्डौका निर्देशक विनोदकुमार खड्कालाई खटाएइको छ । 

यस्तै, रामेछापको लिखु तामाकोशी गाउँपालिकामा निर्वाचन अधिकृत तोकिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव मेहन्द्रकुमार सापकोटालाई हटाएर सर्वोच्च अदालतका इजलास अधिकृत तारादेवी महर्जनलाई खटाइएको छ । विभिन्न कारणले ७१ निर्वाचन अधिकृत हटाउँदै सो स्थानमा अन्य ७१ जनालाई नियुक्त गरेको आयोगले जनाएको छ । नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतलाई चैत २९ गतेभित्र नै तोकिएको स्थानमा हाजिर हुन पनि आयोगले निर्देशन दिएको छ । हिजो देखी नै लागू हुने गरी ७१ जना निर्वाचन अधिकृत हटाइएको हो ।

यस्तै १६ जना निर्वाचन अधिकृतलाई एक स्थानीय तहको निर्वाचन अधिकृतबाट अर्को स्थानीय तहको निर्वाचन अधिकृतमा खटाउने गरी संशोधन पनि गरिएको आयोगले जनाएको छ ।