images
images

कारको ठक्करबाट रामेछापका एक बालकको मृत्यु

  • २४ चैत्र २०७८, बिहीबार ०८:३०

ललितपुर । ललितपुरको लुभुमा कारको ठक्करबाट रामेछापका एक बालकको मृत्यु भएको छ ।

हिजो बेलुकी करिब साढे ५ बजे बा १६ च ३६८७ नम्बरको कारको ठक्करबाट रामेछापको मन्थली नगरपालिका पुराना गाउँ घर भइ हाल ललितपुरको लुभुमा बस्दै आएकी विमला पुरीका दुई वर्षीय छोरा आर्यन पुरीको मृत्यु भएको हो । कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा ललितपुरको ईमाडोलस्थित किष्ट मेडिकल कलेजमा हिजो साँझ सवा ६ बजे मृत्यु भएको हो ।

कार सहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको महानगरिय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।