images
images

सामान्य प्रशासनमन्त्री सवार गाडीले मोटरसाइकललाई ठक्कर दिँदा वैतेश्वरका युवक गम्भिर घाईते

  • २४ चैत्र २०७८, बिहीबार ०९:२७

दोलखा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ सवार गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दोलखाको वैतेश्वर गाउँपालिकाका एक युवक घाईते भएका छन् ।

मन्त्री श्रेष्ठ सवार गाडीको ठक्करबाट वैतेश्वर गाउँपालिका वडा नम्वर ३ मजुवाका २१ वर्षिय कृष्णप्रसाद दहाल घाईते भएका हुन् । काठमाडौंबाट रामेछापतर्फ आउँदै गरेको मन्त्री सवार बा २ झ ४१२९ नम्बरको गाडीले दोलखाबाट काठमाडौंतर्फ जाँदै गरेको प्र २–०२ ग ९२८६ नम्बरको मोटरसाइकललाई हिजो विहान साँढे ८ बजे ठक्कर दिएको हो । सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर ६ घुमाउने चैनपुरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक दहाल घाईते भएका हुन् । उनको एउटा हात र खुट्टा भाँचिएको उनका आफन्त सुन्दर दहालले जानकारी दिनुभयो । उनको अहिले भक्तपुरको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ सवार गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दोलखाको वैतेश्वर गाउँपालिकाका एक युवक घाईते भएका छन् । मन्त्रीको गाडी स्पिडमा आएको देखेपछि साइड दिन रोकिराखेको मोटरसाइककलाई गाडीले ठक्कर दिएको प्रत्यक्षदर्शिले बताएका छन् । रामेछापमा एक कार्यक्रममा सहभागी हुन आउँदै गरेका मन्त्री सवार गाडीले ठक्कर दिएर भाग्न खोजेपछि स्थानीयले सो गाडीलाई रोकेका थिए।

मन्त्रीको गाडी स्पिडमा आएको देखेपछि साइड दिन रोकिराखेको मोटरसाइककलाई गाडीले ठक्कर दिएको प्रत्यक्षदर्शिले बताएका छन् । रामेछापमा एक कार्यक्रममा सहभागी हुन आउँदै गरेका मन्त्री सवार गाडीले ठक्कर दिएर भाग्न खोजेपछि स्थानीयले सो गाडीलाई रोकेका थिए। आपसमा ठोक्किएर मन्त्रीको गाडी र मोटरसाइकल दुवैमा क्षति पुगेको सिन्धुलीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मनोज कुमार लामाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रीको गाडीको अगाडिको सिसा फुटेको छ भने मोटरसाइकल पनि पुरै क्षतिग्रस्त भएको छ ।

घटना लगत्तै मन्त्रीको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । दुर्घटना लगत्तै मन्त्री रामेछापमा आयोजित एक कार्यक्रममा सहभागी हुन अर्को गाडी प्रयोग गरेर गएका थिए । मन्त्रीको गाडी र मोटरसाइकल हाल सिन्धुली प्रहरीको नियन्त्रणमा छ । घटना हिजोकै भएपनि प्रहरीले आज मात्रै सार्वजनिक गरेको हो ।