images
images

काभ्रेपलाञ्चोकमा मोटरसाइकल बसमा ठोक्किदा एक पुरुषको मृत्यु

  • २४ चैत्र २०७८, बिहीबार १३:४०

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा मोटरसाइकल बसमा ठोक्किदा एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको रोशी गाउँपालिका ९ चिउरीबासमा प्रदेश ३–०२–००१ प ३६४८ नम्बरको मोटरसाइकल बा ४ ख ५८०१ नम्बरको बसमा ठोक्किदा मोटरसाइकल चालक म्याग्दीको बेनी नगरपालिका २ का २४ वर्षीय सरोज कुवँरको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका कुँवरको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ ।