images
images

सिन्धुपाल्चोकका लार्केका बाढी प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराईने

  • २४ चैत्र २०७९, शुक्रबार ०७:३३

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको याङग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराईने भएको छ ।

उनीहरुको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता गरिएको हो । पाँचपोखरी थाङपाल गाउँपालिकाको उत्तरी भेग याङग्री लार्के खोलामा २०७८ साल असार १ गते आएको बाढीले क्षति पु¥याएको थियो । बाढीबाट प्रभावित भएका याङग्रीका दलित बस्तीका ११ परिवारलाई स्थायी आवास निर्माण गर्न जग्गा खरिदको सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष टासि लामाले जानकारी दिनुभयो । बाढीबाट एक सय ७९ परिवार प्रभावित भएका थिए ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णहरि पौडेलका अनुसार बाढीबाट प्रभावित भएकाहरुका लागि आवास निर्माण गर्न प्रतिपरिवार ५ लाख तथा जग्गा नहुनेलाई थप तीन लाख रुपैँया दिइनेछ ।