
दोलखा । दोलखाको ऐतिहासिक, सांस्कृतिक एवम पुरातात्विक महत्वको शहर दोलखा बजारमा सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ ।
हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिनदेखि सुरु हुने रातो मच्छिन्द्रनाथको रथ यात्रा यो वर्ष हिजोबाट सुरु भएको हो । हिजो साँझ रातो मच्छिन्द्रनाथको मूर्तिलाई डोकलुङ्गा टोल स्थित अवलोकितेस्वर मन्दिरमा पु¥याई दुधमा स्नान गराएपछि मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको हो । नौ दिनसम्म मनाइने करुणामयी मच्छिन्द्रनाथको रथलाई दोलखा बजारका विभिन्न टोलहरुमा परिक्रमा गराईन्छ । विशेषगरी नेवार समुदायले साक्षात् भगवानको रुपमा मान्दै आएको मच्छिन्द्रनाथको रथयात्रा नेपाल संवत ६ सय ३९ सालदेखि सुरु भएको अनुमान छ । मच्छिन्द्रनाथको रथयात्रा गरेपछि पानी पर्ने, खाद्यान्न उत्पादन बढ्ने, लोकको कल्याण हुने र रथयात्राका क्रममा रथ ढल्यो भने अनिष्ट हुने, रोगव्याधी बढ्ने जनविश्वास रहि आएको छ ।
हिजो साँझ रातो मच्छिन्द्रनाथको मूर्तिलाई डोकलुङ्गा टोल स्थित अवलोकितेस्वर मन्दिरमा पु¥याई दुधमा स्नान गराएपछि मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको हो । नौ दिनसम्म मनाइने करुणामयी मच्छिन्द्रनाथको रथलाई दोलखा बजारका विभिन्न टोलहरुमा परिक्रमा गराईन्छ । मच्छिन्द्रनाथको रथयात्रा नेपाल संवत ६ सय ३९ सालदेखि सुरु भएको अनुमान छ ।
९ दिनसम्म मनाईने रातो मच्छिन्द्रनाथको रथलाई दोलखा बजारका प्रत्येक टोलटोलमा विशेष पूजाअर्चनाका साथ ६ दिन रथ परिक्रमा गराउने प्रचलन रहेको भीमेस्वर मन्दिर गुठि तथा पूजा व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेस कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो भीमेश्वर नगरपालीका वडा नम्बर २ डोकुलुङा टोलस्थित आफ्नै घरमा रहेको मुर्तिलाई दुधमा स्नान गराएसँगै आजबाट रथारोहण सुरु भएको हो । जसअनुसार आज पिङ्गल टोलमा रथारोहण गरिन्छ । आज पिङ्गल टोलमा राखि भोली नक्छे टोलमा तानिन्छ । २६ गते कोर्छे टोलमा, २७ गते टँसिचा टोल, २८ गते रास्नीको ६० डिग्रीको उकालो हुँदै माथिल्लो टोलमा तान्ने गरिन्छ । यस दिनलाई विशेष दिनको रुपमा लिने गरिन्छ । चैत्र २९ गते माथिल्लो टोलबाट दुङ्गल टोलमा तानि ३० गते रथारोहन गरेको स्थानमै अर्थात् पिङगल टोलमा रथ परिक्रमा गराउने गरिन्छ । मच्छिन्द्रनाथको रथलाई नयाँ बर्ष २०८० साल बैशाख १ गते पिङ्गल टोलबाट फेरी डोकलुङा टोलमा रथमा परिक्रमा गरी भित्र्याईन्छ ।
हिजो भीमेश्वर नगरपालीका वडा नम्बर २ डोकुलुङा टोलस्थित आफ्नै घरमा रहेको मुर्तिलाई दुधमा स्नान गराएसँगै आजबाट रथारोहण सुरु भएको हो । थयात्रा सुरु भएपछि दोलखा बजारका पुरुषहरु अपरान्हदेखि साँझसम्म रथ तान्नमै व्यस्त रहन्छन् भने महिलाहरु दिनभर ब्रत बसेर मच्छिन्द्रनाथको पूजाआराधना गर्दछन् । ललितपुर, भक्तपुरमा लाग्ने जात्रा भन्दा पनि दोलखामा लाग्ने जात्रा फरक किसिमको भएकाले पनि बर्षेनि पर्यटकको चाप बढ्ने गर्दछ ।
रथयात्राको क्रममा रथ ढलेमा वा मर्मत गर्नु परेमा धर्मासी भैरवलाई थुमाको बलिपूजा दिई रथ यात्रा पुनः सुरु गर्ने चलन छ । रथयात्रा सुरु भएपछि दोलखा बजारका पुरुषहरु अपरान्हदेखि साँझसम्म रथ तान्नमै व्यस्त रहन्छन् भने महिलाहरु दिनभर ब्रत बसेर मच्छिन्द्रनाथको पूजाआराधना गर्दछन् । दोलखा र ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा तानेर मान्ने चलन रहेको छ भने काठमाडौँमा सेतो मच्छिन्द्रनाथको रथयात्रा तानेर मान्ने प्रचलन रहिआएको छ । यसअघि २०७६ र ०७७ साल २ बर्ष कोभिडका कारणले रथजात्रा नगरी बिधिपूर्वक पूजाआजा मात्र गरी सम्पन्न गरिएकोमा गत बर्षदेखि दोलखा शहर परिक्रमा गरि मनाइएको थियो ।
मच्छिन्द्रनाथको जात्राका लागि करिब साँढे २ देखि ३ लाखसम्म खर्च लाग्ने गर्दछ । रथयात्राका लागि भीमेश्वर नगरपालिका, वडा नम्बर २ र स्थानीय क्लवले खर्चको व्यवस्थापन गर्ने गरेका छन् । दोलखा बजारमा हुने रातो मच्छिन्द्रनाथको रथयात्रामा राजधानीका नेवार समुदायको पनि सहभागिता हुँदै आएको छ । जात्रा हेर्नका लागि भक्तपुर, ललितपुर र किर्तिपुरबाट नेवार समुदायका मानिसहरु दोलखा आउने गरेका हुन् । ललितपुर, भक्तपुरमा लाग्ने जात्रा भन्दा पनि दोलखामा लाग्ने जात्रा फरक किसिमको भएकाले पनि बर्षेनि पर्यटकको चाप बढ्ने गर्दछ ।