images
images

सोलुखुम्वुका दुई आरोही हिउँपहिरोमा वेपत्ता

काठमाडौँ । अन्नपूर्ण हिमालमा आएको हिउँपहिरोमा परि सोलुखुम्वुका दुई आरोही वेपत्ता भएका छन् ।

म्याग्दीस्थित अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा उनीहरु वेपत्ता भएका हुन् । हिउँपहिरोमा परि सोलुखुम्वु घर भएका निमा टासी शेर्पा र रिमा शेर्पा वेपत्ता भएको सेभेट समिट ट्रेकिङ एजेन्सीले जनाएको छ । आज बिहानदेखि वेपत्ता भएका उनीहरुको आधार शिविरमा रहेका व्यक्तिरुले खोजी जारी राखेका छन् । उनीहरुको खोजीका लागि काठमाडौँबाट उद्धार टोली समेत पठाईएको छ ।

वसन्त याममा अन्नपूर्ण हिमाल आरोहणका लागि चार समुहका ३० पुरुष र १२ महिलाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।